तरुण दलको स्थापना दिवसमा बिरामीहरुलाई फलफूल वितरण

Janta Khabar Media House १० कात्तिक २०८३

तरुण दलको स्थापना दिवसमा बिरामीहरुलाई फलफूल वितरण

ताप्लेजुङ । नेपाल तरुण दलको ७३ औँ स्थापना दिवसको अवसरमा मंगलबार जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको छ । 

तरुण दल जिल्ला कार्यसमितिले सामाजिक उत्तरदायित्व बहन गर्दै अस्पतालमा उपचाररत बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको हो । 

जिल्ला कार्यसमितिका कार्यवाहक सभापति पृथ्वीमान पालुङवाको नेतृत्वमा अस्पतालका बिरामीहरूको बेडमै पुगी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै फलफूल वितरण गरेको थियो । 

 सभापति पालुङवाका अनुसार नेपाल तरुण दल ताप्लेजुङले विभिन्न रचनात्मक तथा सामाजिक कार्यहरू गर्दै स्थापना दिवस मनाउने क्रममा यस पटक अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिएको आयोजकले जनाएको छ । बिरामीहरूलाई तरुण दलका नेताहरूले स्वास्थ्य लाभको शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0

छुटाउनुभयो कि? सबै