‘एनपिएल नेपाली खेलकुदको उत्सव’ : प्रधानमन्त्री शाह

Janta Khabar Media House ९ कात्तिक २०८३

‘एनपिएल नेपाली खेलकुदको उत्सव’ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले नेपाल प्रिमियर लिग (एनपिएल)केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको उल्लेख गरेका छन् ।

आजदेखि सुरु हुन लागेको एनपिएलको तेस्रो संस्करणका अवसरमा उनले सामाजिक सञ्जालमार्फत सफलताको कामना पनि गरे । 

प्रधानमन्त्री शाहले भनेका छन्, “एनपिएलमा सहभागी हुन आउनुभएका सबै अन्तर्राष्ट्रिय खेलाडी तथा ‘कमेन्टेटर’लाई हार्दिक स्वागत गर्दछु । यस सुन्दर खेल उत्सवको सफलताका लागि सम्पूर्ण नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ(क्यान) लाई हार्दिक शुभकामना ।”

एनपिएलको उद्घाटन खेल आज साँझ ५:०० बजेदेखि सुरु हुँदैछ । यसमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0

छुटाउनुभयो कि? सबै